add

गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु






ActPro Nepal

|

१९ असोज, २०८०

|
234

काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । 

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताएका छन् । 

१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट खुलेकाे छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।

यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको प्रहरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.