add

अब काठमाडौं उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने






ActPro Nepal

|

१९ असोज, २०८०

|
219

काठमाडौं । अब काठमाडौं उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्न सक्ने भएका छन्।

राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

हाल काठमाडौंभित्रको रियल स्टेट कर्जा र यसको धितो सुरक्षणको अनुपात ४० प्रतिशत छ। काठमाडौं उपत्यका बाहिर भने पहिलेदेखि ५० प्रतिशतसम्मकै व्यवस्था छ।

घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ। त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत राष्ट्र बैंकले घटाएको छ।

त्यस्तै नेपाल राष्ट्र बैंकले सवारी कर्जामा लचिलो नीति लिएको छ । २५ लाख रुपैयाँभन्दा महँगा सवारी साधन कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत पुर्‍याएको हो ।

हाल २५ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गर्दा जोखिम भार १५० प्रतिशत रहेकोमा राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै जोखिम भार १२५ प्रतिशत पुर्‍याएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.