add

बचतकर्ताको साढे ४ करोड हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ






ActPro Nepal

|

१९ असोज, २०८०

|
180

काठमाडौं । बचतकर्ताको साढे ४ करोड रुपैयाँ रकम हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मंगलबार चौलागाईलाई पक्राउ हो । उनले निक्षेपकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

अध्यक्ष चौलागाईले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदरको प्रलोभन देखाइ निक्षेपकर्तालाई सहकारीमा पैसा राख्न लगाएका थिए ।

सहकारीमा निक्षेप कर्ताले राखेको मुद्दती निक्षेप परिपक्क भए पनि पैसा फिर्ता गर्न आनकानी गरेको थियो । पटक पटक ताकेता गर्दा पनि आफ्नो पैसा फिर्ता नपाएपछि बचतकर्ताले प्रहरीमा चौलागाईंविरुद्ध जाहेरी दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.