काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन ।
दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ । पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी १४औँ स्थानमा रहे । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।
यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी सातौँ भएर छनोटमा परेका हुन । दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।