add

नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता






ActPro Nepal

|

१८ असोज, २०८०

|
194

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि बेलायतका  राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

रक्षामन्त्री खड्काले दुई देशबीच  सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने सबैभन्दा पुरानो मित्र बेलायतले नेपालको आर्थिक- सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै उनले पारस्परिक सहयोगका क्षेत्र आगामी दिनमा अझ विस्तार हुने  विश्वास व्यक्त गरे ।

सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई बेलायती सैनिकसरह निवृत्तिभरणलगायत सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुनेमा आफू ढुक्क रहेको मन्त्री खड्काले बताएको प्रवक्ता पौडेलले जानकारी दिए ।

उनीहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान-प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो ।

दुई सय वर्ष पुरानो बेलायत-नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत फेनले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्तिसेनामा खटिएका नेपाली सेनाले गरेको योगदानको प्रशंसा गरे ।

उनले नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.