add

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा उप्रेती नियुक्त






ActPro Nepal

|

१८ असोज, २०८०

|
235

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त भएका छन् ।

कम्पनीको असोज १७ गते साँझ ५ बजे बसेको ७९औँ सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो । कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यस अघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.