add

सोनापुर मिनरल्सको आइपीओ भर्ने म्याद थप






ActPro Nepal

|

१७ असोज, २०८०

|
257

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप भएको छ ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने म्याद असोज २८ गतेसम्म थप गरेको हो ।

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.