add

विकास कार्यको लागि बजेट अभाव हुनुहुँदैन !






ActPro Nepal

|

१६ असोज, २०८०

|
432

ई .रविभूषण झा

नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव 

आउटस्ट्याण्डिङ युथ मोटिभेसन अवार्ड समेत प्राप्त गर्न सफल रविभूषण झा नेपालमा लामो समय देखि युवाहरुलाई उद्यमशिलता विकासको निम्ति काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । इन्जिनियरिङ क्षेत्रको विकास र पेशागत हकहितको लागि ऊहाँ निरन्तर संलग्न हुनुहुन्छ । 

नेपालको इन्जिनियरिङ क्षेत्रलाई नजिकबाट बुझ्नुभएका ऊहाँ सडक तथा पुलहरुको सुपरभिजन, डिजाइन, कन्सल्टिङ लगायतका कामहरुमा सक्रिय हुनुुहुन्छ । नेपालमा आफू मातहत अघी बढाएका सबै कार्यहरु गुणस्तरीय ढङ्गले सम्पन्न भएको दबी गर्दै आगामी दिनमा पनि सोही बमोजिम नै अघी बढाउने ऊहाँको प्रतिवद्धता छ ।

नयाँ प्रविधि भित्र्याउनमा जोड  :

नेपालमा कुनै विकास निर्माण कार्य अघी बढाउने क्रममा सडकको निर्माण तथा डिजाइन गर्न नयाँ विकसित प्रविधिहरु भित्र्याउनुपर्छ भन्ने मान्यता राख्ने झा नेपाल सरकार अन्तरगतका विभिन्न कार्यक्रमहरुको जिम्मेवारी लिइ सम्पन्न गर्नुभएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दुधौराखोला हाइड्रोपावरको काममा समेत झा संलग्न जियो कम इन्टरनेशनल संलग्न थियो ।

हाल अघी बढेका योजनाहरु  :

हाल मध्यपश्चिम क्षेत्रमा पर्ने विभिन्न पूल निर्माण कार्यको लागि जियो कम इन्टरनेशनलले अध्ययनको काम गरिरहेको छ । सितलपाटी जुम्ला सडक, सुर्खेतको सडक लगायतमा पूलको डिजाईन, सुपरभिजाइन, बाटोको पुनर्निर्माण लगायतका कामहरु आफू मातहत भइरहेको झा बताउनुहुन्छ । 

व्यवसायमा आउँदाको अनुभव  :

झा आफू इन्जिनियरिङ क्षेत्रमा संलग्न हुने समयमा नेपालमा संक्रमण काल नै थियो । त्यसैकारण नेपालमा व्यवसाय गर्न सहज वातावरण भने थिएन । यद्यपि क्याम्पस तहमा अध्ययन गर्ने समय देखि नै विभिन्न रचनात्मक कामहरु गर्न रुचाउने झा परिस्थितिलाई त्यसैअनुसार सामना गर्दै निरन्तर आफ्नो यात्रामा लागिरहनुभयो । साथै सामाजिक गतिविधिहरुमा समेत काम गर्न रुचि राख्नुहुने झा व्यावसायिक तथा सामाजिक अभियान अन्तरगत देशका विभिन्न ठाऊँमा पुगेर महत्वपूर्ण विकास कार्यहरु जिम्मेवारीपूर्वक सम्पन्न गर्नुभएको छ ।

केही सरकारी नीतिहरुमा मेरो असन्तुष्टि  :

लोक सेवा आयोगमा समेत उम्मेदवारी दिनुभएका ऊहाँ अहिले नेपालमा नै रहेर आफैंले निजी तवरले काम गर्न पाऊँदा आफुलाई बढी सन्तुष्टि महसुस भएको बताउनुहुन्छ ।नेपालमा अहिले पनि नेपाल सरकार अन्तरगत कर्मचारीको रुपमा खटिँदा आफूले जिम्मेवारी लिएको काममा आफूलाई चित्त नबुझेपनि ती काममा समेत रिपोर्ट सही छ भनेर सिफारिस गर्नुपर्ने अवस्था छ । जुन गलत हो । 

नेपालमा अहिलेको अवस्थामा पनि नेपाल सरकार अन्तरगतका कामहरु सही तवरले काम हुन नसकेको कारण नेपालका योजनाहरु सही तवरले सम्पन्न हुन सकेका छैनन् । यसो हुनुमा राजनीतिक दबाब, प्रभाव, कमिसन लगायत समेत हाबी हुने गरेका छन् । आगामी दिनमा यस किसिमका समस्याहरुलाई सुधार्नको निम्ति विशेष पहल गर्न नसकेको खण्डमा यस्ता समस्याहरु अझ बढेर जाने अवस्था छ । 

नेपालमा इन्जिनियरिङ क्षेत्र र राज्यको भूमीका  :

नेपालमा अहिलेको अवस्थामा विकासको निम्ति ठूलो समस्या भनेको राज्यले यस क्षेत्रमा रहेर काम गरिरहेका इन्जिनियरहरुलाई जसरी प्राथमिकताको साथ सम्बोधन गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले नेपालमा भएका इन्जिनियरहरु राम्रो क्षमता हुँदाहुँदै पनि उपयुक्त अवसर नपाउँदा कामको लागि विदेश गइरहेका छन् । नेपालमा अहिले यस क्षेत्रमा जति रकम राज्यकोषबाट लगानी हुनुपर्ने हो, त्यो हुन सकेको छैन । नेपालमा अहिलेको अवस्थामा जुन तवरले विकासका कार्यक्रमहरु योजनावद्ध रुपमा अघि बढ्नुपर्ने हो त्यो पनि हुन सकेको छैन । कुनै आयोजना निर्माणको निम्ति काम अघि बढाउँदा सबै कुराको अध्ययन गरेर मात्र काम अघी बढाउनुपर्ने भएपनि त्यसो हुन नसकी कुनै नेताको दबाब र प्रभावमा परी सोही बमोजिम योजना बाँडबाँट गर्नुपर्ने अवस्था अहिले पनि देखिन्छ । यस्तो अवस्था भएको कारण योजना सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरु आउने गरेका छन् । यसरी आयोजना निर्माण गर्दा एकातिर समयमा उक्त योजना सम्पन्न हुने अवस्था रहँदैन भने लागत समेत निकै निकै बढी पर्ने अवस्था समेत रहन्छ । अझ कतिपय अवस्थामा त निकै ठूलो रकम खर्च भइसकेपछि उक्त आयोजना नै रद्ध गर्नुपर्ने अवस्था पनि रहन्छ । यसो हुनुको पछाडि व्यवस्थित तवरले योजनाहरु बनाउन नसक्नु नै मुख्य कुरा हो । यसमा राज्य पक्ष जिम्मेवार हुनैपर्छ ।

प्रयाप्त बजेट विनियोजन हुनुपर्छ  :

नेपालमा सञ्चालन हुने आयोजनाहरु राम्रो तवरले सम्पन्न हुन नसक्नुको पछाडि प्रयाप्त बजेट रकम उपलब्ध नहुनु पनि एक हो । नेपाल आफैंमा विकासोन्मुख देश हो । विकासोन्मुख देशहरुमा विकास कार्य सञ्चालनको निम्ति तुलनात्मक रुपमा अलि बढी नै रकम खर्च हुने अवस्था रहन्छ । यद्यपि नेपालमा अहिलेको अवस्थामा प्रयाप्त बजेट उपलब्ध हुन नसक्दा र राजनीतिक दल निकट व्यक्तिहरुले आफ्नो स्वार्थ समेत जोड्ने हुनाले ती कामहरु सम्पन्न गर्ने क्रममा विभिन्न व्यवधानहरु सृजना हुने गर्छ । आगामी दिनमा यस्तो अवस्था अन्त्य हुनुपर्छ । 

संघीयता  :

नेपालको निम्ति संघीयता नयाँ अभ्यास हो । यसलाई संवैधानिक रुपमा लागु गरिएपनि सबै तहका व्यक्ति र समुदायबाट यसलाई पूर्ण रुपमा स्वीकार गर्न सकिएको अवस्था भने अझै पनि बनेको छैन । यसलाई आगामी दिनमा कसरी अघी बढाइने हो, नेपालको विकास कुन दिशामा अघी बढ्ने भन्ने कुरा त्यसमा पनि निर्भर रहनेछ । अहिलेको अवस्थामा नेपालमा व्यावसायिक रुपमा काम गर्ने इन्जिनियरहरुलाई पनि सोही बमोजिम परिचालन गर्नुपर्छ ।

इन्जिनियरिङको महत्व  :

इन्जिनियरहरुले सम्बन्धित क्षेत्रको विशेष प्राविधिक ज्ञान हासिल गरेका हुनाले कुन काम कसरी गर्दा उपयुक्त हुन सक्छ भन्ने कुरा राम्रो सँग बुझेका हुन्छन् । जसले गर्दा काम निकै प्रभावकारी तवरले दिगो अवधारणा बमोजिम गुणस्तरीय कामको निम्ति इन्जिनियरिङ अनिवार्यता रहन्छ ।

नेपालमा आगामी दिनमा ठूला ठूला पूर्वाधारहरु निर्माण गर्नू जरुरी छ । ती भवनहरु बनाउने कार्य राम्रा इन्जिनियरहरु बिना सम्भव छैन । त्यसलाई समेत ख्याल गर्दै इन्जिनियरहरुलाई विशेष प्राथमिकताको साथ स्थान दिनुपर्छ ।

स्वतन्त्र तवरले काम गर्ने वातावरण बन्नुपर्छ  :

इनिजनियरहरु कसैको दबाबमा रहेर काम गर्न रुचाउँदैनन् । तर नेपालको परिस्थितिमा कसैको दबाबमा बसेर काम गर्नुपर्ने परिस्थिति रहेको हुनाले इन्जिनियरहरुले आफ्नो क्षमता बमोेजिम काम गर्न सकेका छैनन् । नेपालमा जबसम्म इन्जिनियरलाई पूर्ण स्वतन्त्रता, प्रयाप्त सुविधा र कामको निम्ति थप उत्प्रेरणा प्रदान गर्ने कार्य गरिँदैन, तब सम्म हामीले चाहे बमोजिम यो क्षेत्रलाई व्यवस्थित रुपमा अघी बढाउन सकिँदैन ।

प्रयाप्त तालिमको अभाव  :

नेपालमा अहिले सम्म इन्जिनियरहरुको कार्यदक्षता अभिवृद्धिको निम्ति प्रयाप्त तालिम केन्द्रहरु स्थापना हुन सकेका छैनन् । नेपालमा निजी क्षेत्रको पहलमा यस्ता केही प्रयाश भएपनि अप्रयाप्त छ । मुलुकको दिगो विकासको निम्ति महत्वपूर्ण भूमीका निर्वाह गर्ने इन्जिनियरहरुको बारेमा राम्रो तवरले आवधिक तालिमहरु सञ्चालन गर्न सकेको खण्डमा उनीहरुको कार्यदक्षतामा विशेष सुधार ल्याउन सकिने अवस्था रहन्छ । नेपालमा खासगरी ग्रामीण क्षेत्रमा काम गर्ने र नयाँ आउने इन्जिनियरहरुको लागि तालिम कार्यक्रमहरु अझ बढी आवश्यक हुन्छन् । नेपालमा इन्जिनियरिङ अध्ययन पश्चात् उनीहरुलाई विशेष तालिम प्रदान गरेर त्यसै बमोजिम काम गर्न सकिने वातावरण बनाउन सकिन्छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसनले गर्नुपर्ने कामहरु :

नेपाल इन्जिनियरिङ एसोसिएसनले लामो समय देखि इन्जिनियरिङ स्टाफ कलेजको लागि राज्य पक्षसँग आवाज उठाउँदै आएको छ । यद्यपि अहिले सम्म पनि यसको लागि नेपाल सरकारबाट कुनै पहल हुन सकेको छैन । नेपालमा यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको कारणले यसो भएको हुनसक्ने हाम्रो बुझाई छ । 

अहिले नेपालमा प्रत्येक बर्ष इन्जिनियरिङ क्षेत्रमा भर्ना हुने विद्यार्थीहरुको सङ्ख्या समेत अत्यन्तै बढेको छ । यी शैक्षिक संस्थाबाट उत्पादन हुने विद्यार्थीहरुको गुणस्तरीयता कायम राख्न र नेपालमा इन्जिनियरिङ क्षेत्रलाई पवित्र क्षेत्रको रुपमा कायम राख्दै आगामी दिनमा पनि हाम्रा गतिविधिहरु सञ्चालन गर्नको निम्ति समेत इन्जिनियरिङ स्टाफ कलेज अनिवार्य छ ।

एसोसिएसनका अन्य दायित्व  :

नेपालमा करिब ५५ बर्ष पहिले स्थापना भएको नेपाल इन्जिनियरिङ एसोसिएसन नेपालमा कार्यरत इन्जिनियरहरुको हक, हित र अधिकारको अलावा नेपालमा प्राविधिक रुपमा काम गरिरहेका इन्जिनियरहरुको दक्षता समेत विकास गर्ने उद्धेश्यले यसको स्थापना भएको हो । यद्यपि अहिले सम्म नेपालमा यसको निम्ति खासै काम हुन सकेको छैन । अहिले हामीले नेपालमा इन्जिनियरिङ विश्वविद्यालयको बारेमा समेत कुरा अघी बढाएका छौं । यसैगरी हामीले समय समयमा विभिन्न संस्थाहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत आगामी दिनमा  विभिन्न संस्थाहरुको निम्ति आवश्यक पर्ने इन्जिनियरहरु यसै संस्था मातहत आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने जरुरी समेत छ ।

 प्राथमिकता तय गरेर बजेट विनियोजन उपयुक्त  :

अहिले नेपालमा  इन्जिनियरिङ क्षेत्रमा रहेर काम गर्न चाहने इन्जिनियरहरुको निम्ति कामको समस्या छैन । आफूमा क्षमता भने हुनुपर्छ । यसैगरी नेपालमा कुनै योजना अघी बढाउने क्रममा कुन योजनाको लागि कति बजेट आवश्यक पर्छ, त्यो पहिले नै विनियोजन गरी कामलाई गति दिनुपर्छ । कतिपय ठूला योजनाहरुको निम्ति नेपाल सरकारले विशेष प्राथमिकता तय गरेर सानो सानो रकम खर्च गर्ने प्रचलनको सट्टा एकैपटक एउटै क्षेत्रमा ठूलो रकम परिचालन गर्ने र त्यो क्षेत्र पूरा भएपछि अर्को क्षेत्रमा लगानी गर्ने किसिमको वातावरण समेत बनाउनु जरुरी देखिएको छ । राज्यले पनि बुझ्नुपर्छ कि सबै क्षेत्रमा एकैपटक काम अघी बढाउँदा रकम अभाव हुनु स्वभाविकै हो । त्यसैकारण कुनै एउटा क्षेत्रलाई बलियो बनाएपश्चात् मात्र अर्को क्षेत्रमा हात हाल्ने हो भने अवश्य पनि हाम्रो काम राम्रो तवरले सम्पन्न हुन सक्छ । 

सहकार्य हुनुपर्छ :

आगामी दिनमा समेत हामी नेपाल सरकारसँग समेत सहकार्य गरेर हाम्रा गतिविधिहरु अघी बढाउन तयार छौं । विभिन्न नीतिहरु बनाउँदा वा योजनाहरु तय गर्ने क्रममा निजी क्षेत्र अन्तरगत नेपाल इन्जिनियरिङ एसोसिएसनलाई समेत संलग्त गराउनु जरुरी छ । यसबाट निजी क्षेत्र र सरकारी समन्वयमा अझ सहज वातावरण सृजना हुन सक्छ ।

आगामी दिनमा समेत हामी नेपाल सरकारसँग समेत सहकार्य गरेर हाम्रा गतिविधिहरु अघी बढाउन तयार छौं । विभिन्न नीतिहरु बनाउँदा वा योजनाहरु तय गर्ने क्रममा निजी क्षेत्र अन्तरगत नेपाल इन्जिनियरिङ एसोसिएसनलाई समेत संलग्त गराउनु जरुरी छ । यसबाट निजी क्षेत्र र सरकारी समन्वयमा अझ सहज वातावरण सृजना हुन सक्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.