सर्लाही । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अर्थव्यवस्था सुरारोन्मुख भएको बताएका छन् । सर्लाहीको लालबन्दीमा आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले अर्थन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गरे ।
भूकम्प र कोरोनाका कारण विग्रिएको अर्थव्यवस्था क्रमशः सुधारतर्फ अघि बढेको उनले दावी गरे । पर्यटकीय गतिविधि बढेकोे, रेमिट्यान्स बृद्धि र बजेट अनुशासन कायम भएको उल्लेख गर्दै उनले परिणमा आउन केही समय भने लाग्ने बताए । घरजग्गाको कारोबार पनि सुरु भएकाले पूर्वाधारमा लगानी गर्नेको संख्या बढ्ने उनको भनाइ थियो ।
उनले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रकाे अग्रणी स्थान हुने भएकाल मुलुकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनेतर्फ सरकारले ध्यान केन्द्रीत गरेको स्पष्ट पारे । उनले कृषि क्षेत्रकाे विकासका लागि अनुदानको व्यावस्था गरिने बताए ।
मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रले ठूलो भूमिका निर्वाह गर्नसक्ने र त्यसमा सरकारले सघाउने उनले उल्लेख गरे । मधेसमा नहर विस्तार, पूर्वपश्चिम राजमार्गलाई चौडा बनाउनेजस्ता काम भइरहेको उनले बताए । कार्यक्रम युनियनकी उपाध्यक्ष सिर्जना बस्नेतको अध्यक्षतामा भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।