add

एनएसएल अक्सन: यी हुन् सर्वाधिक महंगा खेलाडी






ActPro Nepal

|

१३ असोज, २०८०

|
529

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा समूह ए मा रहेका ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् ।

अक्सनका लागि समूह ‘ए’ रहेका चार खेलाडीलाई एनएसएलका टिमले सर्वाधिक ३ लाख ५० हजारमा खरिद गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड लकेन लिम्बुलाई झापा एफसीले ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गर्‍यो । 

यता डिफेन्डर सनिश श्रेष्ठलाई ललितपुर एफसीले ३ लाख ५० हजारमा खरिद गर्‍यो । ललितपुरले नै फरवार्ड दिनेश हेन्जनलाई ३ लाख ५० हजार रुपैयाँमा भित्र्यायो ।

राष्ट्रिय टिमका डिफेन्डर सिमान्त थापालाई भने ३ लाख ५० हजार रुपैयाँमा वीरगन्ज एफसीमा अनुबन्ध गर्‍यो ।

एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेसी र वीरगञ्ज युनाइटेड गरी ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.