add

मोरङमा नबिल बैंकको २६६ औँ शाखा उद्घाटन






ActPro Nepal

|

१२ असोज, २०८०

|
144

मोरङ । मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा उद्घाटन गरिएको छ । शाखाको सुन्दर हरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो ।

सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच प्रदान गर्न र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिए ।

कार्यक्रममा उपकुलपति कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुशी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनको क्रियाकलापका लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । उनले पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारीका साथै स्थानीयवासीसमेत लाभान्वित हुने बताए ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तारमात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय रहेको बताए ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ भने बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.