add

चाडबाडमा नयाँपुस्तालाई पनि सहभागी गराउन जरुरी : सभामुख






ActPro Nepal

|

११ असोज, २०८०

|
227

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको बताएका छन् ।

इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको रहेको बताए ।

उनले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने इन्द्रजात्राजस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएका छन् ।

वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागतरूपमा नेवार समुदायले मनाउने जात्रा हो । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाडभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्ले पुरानो चाड मान्ने गरेका छन् ।

सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । 

सभामुख घिमिरेले कृषि सभ्यताको सूचकका रूपमा रहेको इन्द्रजात्रा पर्वले प्रकृतिको संरक्षण, पर्यटकीय तथा आर्थिक विकास र समृद्धिमा समेत टेवा पुगोस् भन्ने कामना व्यक्त गरेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.