काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ ।
साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । सन नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ६२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा आज लक्ष्मी भ्यालु फण्ड २ र शुभम पावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीका शेयरधनीले १० प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज मनकामना इन्जिनीयरिङका शेयरधनीले भने करिब १० प्रतिशत कमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।