काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ।
मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो।
उसले २३ रन अतिरिक्त पाएको थियो। मंगोलियाका जयन्नसुरेन देवासुरेनको १० रन नै सर्वाधिक रह्यो। उसका अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। पाँच खेलाडी शून्यमा पेभिलियन फर्किएका छन्।
नेपालको करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान दुई विकेट लिएन्। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा समान एक एक विकेट रह्यो।
यस अघि टस हारेको नेपालले युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो।
यो टी–२० आई इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।
नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा आउट भए। कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए। दीपेन्द्र सबै भन्दा छिटो अर्थशतक बनाउने खेलाडी बने। दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन्।
कुशलले ३४ बलमै शतक पूरा गरेका थिए। योसँगै कुशल टी–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए।
कप्तान राहित पौडेल ६१ रनमा आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए। यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो।
१९ औँ ओभरको पहिलो बलमा रोहित आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले लगातार पाँच बलमा पाँच छक्का प्रहार गरे। २० औँ ओभरको दोस्रो बलमा पनि छक्का प्रहार गरेका उनले लगातार ६ छक्का हानेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाको नेपालविरुद्धको खेलमा खराब प्रदर्शन रह्यो । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।