add

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन






ActPro Nepal

|

१० असोज, २०८०

|
961

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कमा नआएका २२ जना प्रहरीलाई हाजिर हुन आउने बारे सूचना प्रकाशित गरेको छ ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको हो । 

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० को कसुरमा ऐ। नियमावलीको नियम १०९ को देहाय ९ख० ९१० बमोजिम सेवाबाट हटाउने कारबाही हुने उल्लेख छ । 

प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ सूचनाद्वारा सफाइको मौका प्रदान गरिएको जानकारी गराइएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.