add

'देशको आर्थिक समृद्धिको लागि निर्माण क्षेत्र चलायमन हुन पर्छ'- अध्यक्ष सिंह






ActPro Nepal

|

९ असोज, २०८०

|
600

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह निर्माण उद्योग चलायमान नभई देश समृद्धि हुन नसक्ने बताएका  छन् । । नेपाल उद्योग तथा व्यावसायी महासंघले आयोजना गरेको निजि क्षेत्रसँग एमाले विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले यस्तो बताएका हुन ।

कार्यक्रममा कोभिड्ले निर्माण क्षेत्र प्रभावित भएको र त्यसपछि चलायमान हुन नसकेको बताए । उनले भने, ‘कोभिड ले प्रभावित भएको निर्माण क्षेत्र अझै चलायमन हुन सकेको छैन । तर, देशको आर्थिक समृद्धिको लागि निर्माण क्षेत्र चलायमन हुन पर्छ ।’

सोही अवसारमा सरकारले निर्माण व्यवसायीहरु सङ गरेको नौ बुदे सहमति २ महीना बितिसक्दा पनि कार्यान्वयन गर्न नसकेको उनले बताए । ‘निर्माण व्यवसायी हरु ५० अर्ब भुक्तानी अझै दिएको छैन । हामीले गरेको आन्दोलनपछि सरकारसंग नौ बुदे सहमति भएको । तर दुई महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन’ अध्यक्ष सिंहले भने ।

कमिसन नबुझाउने कम्पनीलाई काम गर्न समस्या भएको अध्यक्ष सिङले बताए । यसका साथै बिना बजेटको योजना पुरा नभएको भन्दै निर्माण व्यवसायीहरुलाई कालो सुचीमा राख्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘बिना बजेटको योजना कसरी पुरा गर्न सक्छौ ? अनि समयमा योजना सकिएन भनेर कालो सुचीमा राखिन्छ । कमिसन नबुझाउने कम्पनीलाई काम गर्न समस्या छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.