add

'कांग्रेस काट्ने अभियानमा म काटिएको रहेछु मैले खुकुरी खाएर कांग्रेस जोगाए'- यादव






ActPro Nepal

|

८ असोज, २०८०

|
484

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नो हत्या प्रयासले कांग्रेस काटिनबाट जोगिएको बताएका छन् ।

उनले कांग्रेस नेतालाई कुरा गर्न पठाउँदा आफूलाई खुकुरी हान्नेले चिनेर आक्रमण गरेको नभएर कांग्रेस काट्ने अभियानमा लागेको बताए । जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले यसको जानकारी गराएका हुन् ।

“मेरो हत्या प्रयास गर्ने मान्छेसँग कुरा गर्न मैले एकजना पूर्वइन्सपेक्टरलाई पठाएको थिएँ । उनले भनेछन्– मैले महेन्द्र यादवलाई चिनेको पनि थिइनँ । राम्ररी देखेको पनि थिइनँ । तर, म चार पाँच दिनदेखि कांग्रेसी काट्ने अभियानमा हिँडेको थिएँ । जुन खुकुरीले जुनसुकै कांग्रेसी काटिन सक्थे,” सहमहामन्त्री यादवले भने, “कांग्रेसका जोसुकै पनि काटिन सक्थे, म काटिएर अरु कांग्रेसी पनि काटिन सक्थे । म काटिएर कांग्रेसी काटिन जोगाएकोमा खुसी व्यक्त गर्दछु । सभापतिजी, कांग्रेसी काटिने अवस्था नबनोस् भनेर म भन्न चाहन्छु ।”

उनले अहिलेसम्म सत्तामा कांग्रेसबाहेकका अन्य पार्टी पनि बसेको भन्दै कांग्रेसलाई नै लक्षित गरेर काट्ने अभियान कहाँबाट किन चल्दै छन् भनेर पनि खोजिनुपर्ने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.