add

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा






ActPro Nepal

|

७ असोज, २०८०

|
315

धुलिखेल । पर्यटन प्रवर्द्धनमा टेवा पर्‍याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।

काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक शहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनौती र नमोबुद्धको महत्व धेरै रहेका कारण यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताए ।

शान्ति पयदात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमै ठूलो महत्व रहने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सांसद एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति पदयात्रामा सहभागी सबैलाई उद्देश्य प्राप्तिमा पुर्‍याएको योगदानको प्रशंसा गरे । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन कोशेढुंगा सावित हुने धारणा राखे ।

बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पदयात्राले समाजमा सद्भाव स्थापित हुने विश्वास व्यक्त गरे । सो क्रममा उनले काभ्रेको सबैखाले विकासका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नमोबुद्धलगायत काभ्रेपलाञ्चोक जिल्ला र सिंगो मुलुकलाई नै यहाँको सद्भाव, शान्ति र समुन्नत समाज निर्माण गर्न सबैको साझा अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले पर्यटकीय क्षेत्रको विकासका लागि जिल्लाका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्नमा थप सहयोग पुर्‍याउन आग्रह गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सबै क्षेत्रले पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको काभ्रेलाई केही गरौँ भन्ने उद्देश्यले शान्ति पदयात्रा आयोजना गरेको बताए ।

शान्ति पदयात्रामा सहभागी काठमाडौं कोटेश्वरका रवीन्द्र कर्मार्चायले नमोबुद्ध र पनैतीको ऐतिहासिक क्षेत्रको महत्वलाई थप उजागर गर्न र पर्यटन प्रवर्द्धनमार्फत यहाँको विकासमा पदयात्राले सहयोग पुग्ने जानकारी दिए ।

पदयात्रासँगै साइकलयात्रामार्फत पर्यटन प्रवर्द्धनका लागि सहभागिता जनाएको विश्व सांस्कृतिक शान्ति पदयात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाका नागरिकको सहभागिता थियो ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.