add

गृह र शिक्षामन्त्रीसँग वार्तामा बसे शिक्षक






ActPro Nepal

|

४ असोज, २०८०

|
312

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन रहेका शिक्षकहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसँग वार्तामा बसेका छन् ।

आज बिहान ८ बजेदेखि सुरु भएको वार्तामा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहितका पदाधिकारी र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी लगायत सहभागी छन् ।

उक्त वार्तामा शिक्षकका माग मुद्दामा छलफल भइरहेको महासंघले जनाएको छ ।

संसद सचिलयमा दर्ता भएको शिक्षा विधेयक खारेज हुनुपनर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले बुधबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्म प्रदर्शन गरेका थिए ।

उक्त विरोध प्रदर्शनलाई आज पनि निरन्तरता दिने तयारीमा शिक्षकहरू छन्  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.