काठमाडौं । नेपाल-भारत अन्तरदेशीय (क्रसबोर्डर) डिजिटल भुक्तानी सेवा सुरु भएको छ ।
नेपालको फोनपे पेमेन्ट सर्भिस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको सहायक कम्पनी ‘एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड बीच सम्झौता भएसँगै क्रसबोर्डर डिजिटल भुक्तानी सेवा सुरु भएको हो ।
भारतमा आयोजित ग्लोबल फिन्टेक फेस्ट-२०२३ मा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, फोनेपेका संस्थापक विश्वास ढकाल, एनपीसीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप अब्सेले अन्तरदेशीय क्यूआर भुक्तानीको औपचारिक सुरुआत गरेका हुन्।
यससँगै अब दुवै देशका नागरिकले अर्को देशमा जाँदा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अथार्त् भारतीय नेपाल आउँदा फोन पेमार्फत क्यूआर भुक्तानी गर्न सक्नेछन् । नेपालीले भने नेपाल राष्ट्र बैंकले क्रसबोर्डर भुक्तानी निर्देशिका जारी गरेपछि मात्र सो सेवा प्रयोग गर्न पाउने छन् । त्यसपछि नेपाली भारत जाँदा एनपीसीआई इन्टरनेसनल पेमेन्टमार्फत क्यूआरबाट भुक्तानी गर्न सक्ने छन् ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीबीच क्रसबोर्डर डिजिटल पेमेन्टका लागि समझदारी भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।