add

रूसले चीनमा ग्यास पठाउन विशाल पाइपलाइन निर्माण गर्दै






ActPro Nepal

|

२१ भदौ, २०८०

|
219

मस्को । रूसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।

युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।

रूसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रूसका उपप्रधान तथा ऊर्जा मन्त्री अलेक्जेन्डर नोभाकले भने, ‘यो अन्तिम चरणमा छ ।’

‘पाइपलाइन अचिन्स्क शहर नजिकै दक्षिणी साइबेरिया हुँदै मङ्गोलियन सीमामा पुग्नुअघि क्रास्नोयास्र्क र इरकुट्स्कतर्फ पूर्वतर्फ मोडिनेछ,’ नोभाकले भने ।

मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको भ्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले पाइपलाइनका लागि दुई देशबीच ‘सबै सम्झौता’ भइसकेको बताएका थिए ।

नोभाकले चिनियाँ नेताको भ्रमणका क्रममा रूसी र चिनियाँ कम्पनीले यस वर्षको अन्त्यसम्ममा पाइपलाइनको सम्झौतामा हस्ताक्षर गर्ने बताएका थिए । तर यसको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका भने अस्पष्ट छ ।

हाल, रूसले सन् २०१९ मा सुरु भएको पावर अफ साइबेरिया-१ पाइपलाइनमार्फत उत्तरपूर्वी साइबेरियाबाट चीनतर्फ आफ्नो ग्यास निर्यात गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.