add

शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

१८ भदौ, २०८०

|
150

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७० कम्पनीको १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये फाइनान्सबाहेक सबैको बढेको छ । चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइएमइ लाइफको सर्वाधिक कारोबार भएको छ । यसको शेयर ५ करोड २८ लाख बढीको कारोबार भएको छ । आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.