add

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो






ActPro Nepal

|

१५ भदौ, २०८०

|
341

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँ दरले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मात्रै ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रुपमा सुरक्षित रहेको जनाउँद छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.