add

अरुण काबेलीकाे हकप्रद सेयर आजदेखि बिक्रीमा, कसले पाइन्छ किन्न ?






ActPro Nepal

|

११ भदौ, २०८०

|
261

काठमाडौं । अरुण काबेली पावर कम्पनीले आजदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ असार २५ गते बुकक्लोज गरेको थियो। सो अनुसार असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी त्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको जनाउँदछ ।

हाल १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.