काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट विपक्षी दलहरु विक्षिप्त भएको टिप्पणी गरेका छन् ।
आइतबार माओवादी केन्द्र निकट वुद्धिजिविहरूको संगठन नेपाल वुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकमा उनले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको बताए ।
उनले भने,‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएरका छन् । उनीहरूले माओवादी पार्टी,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न वुद्धिजीवी संगठनले महत्त्वपूर्ण रोल खेल्नुपर्छ ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।