add

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी






ActPro Nepal

|

१० भदौ, २०८०

|
184

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ३१ अंकले घटेको नेप्से आज २० अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा आइपुगेको छ । यसदिन २८० कम्पनीको १ अर्ब २६ करोड रुपैयाँ बराबरको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले घटेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा पनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा मकर जितुमाया सुरी मोलुङ हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.६३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, लिबर्टी इनर्जी ६.३०, अप्पर स्याङ्गे हाइड्रोपावर, महुली लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.