काठमाडौं । राप्रपा नेपाल अध्यक्ष कमल थापाले तत्कालीन निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षामा एमालेसँग गठबन्धन गरेपछि पार्टीको पतन सुरु भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आजबाट सुरु केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गरेका थापाले २०७३ सालपछि पार्टीले बाटो बिराएको स्वीकारे ।
तत्कालीन निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षामा गतल प्रवृत्तीसँग गठबन्धन गर्नु नै आफ्नो पार्टीको पतनको यात्रा सुरु भएको उनको टिप्पणी छ ।
२०७२ को असोजमा सरकारमा सहभागि बनेको आफ्नो पार्टीको निणर्यलाई जनताले मूल्यांङन गर्ने बताएका उनले भने,‘२०७३ सालपछि भने हामीले बाटो बिरायौं । आसन्न निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षा राख्दा हामीले गलत प्रवृत्तिसँग सम्झौता गर्यौं । सिद्धान्त भन्दा सत्तालाई महत्व दिने चरित्रसँग एकता गर्न पुग्यौं । त्यहिँबाट हाम्रो पतनको यात्रा सुरु भयो ।’
उनले तत्कालीन निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि सिद्धान्तलाई भूलेर सत्ता केन्द्रित हुन पुग्दा सत्ता र शक्तिको दलदलमा आफूहरु भासिएको निष्कर्ष सुनाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।