add

वर्ल्ड ट्रेड सेन्टरमा सुरू भयो तीज मेला, विभिन्न सामग्रीमा भारी छुट






ActPro Nepal

|

६ भदौ, २०८०

|
315

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरू भएको छ । नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरू भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी हुन् ।

मेला उद्घाटन गर्दै गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यशीलता गर्न चाहने महिलालाई सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले ए एस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो । भदौ ६ गतेदेखि सुरू भएको मेला १० गतेसम्म ५ दिन चल्नेछ ।

मेलामा १०० भन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डीईसीसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले बताइन्।

विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको ए एस इभेन्ट्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । बजारको तुलामा एकै छानामुनी धेरै किसिमका सामान सस्तो मूल्य खरिद गर्न सकिने भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे ।

नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छज् । मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिने श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाइ छ ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेण्टहरुमा अवलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रीहरुमा भारी छुटको व्यवस्था गरिएको डिएसीसीले जनाएको छ ।

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गरिएको हो । हरेक वर्ष तीजको पुर्व सन्ध्यामा तीज मेला आयोजना हुँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.