काठमाडौं । सानिमा बैंकले ग्राहकहरूले दराजबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सम्झौता भएको हो ।
ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी इएमआइ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।
छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ। उक्त छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुरू गरी सक्नुपर्ने हुन्छ।
बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।