add

साउनमा घट्यो घरजग्गा कारोबार, कारोबार र राजस्व संकलनमा उच्च प्रभाव






ActPro Nepal

|

५ भदौ, २०८०

|
292

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ आर्थिक वर्षको पहिलो महिनामै घरजग्गा कारोबार घटेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा गत वैशाखयताकै न्यून कित्ताकाट भएको हो ।

असारमा ४२ हजार हजार जग्गाको कित्ताकाट गरेर १ लाख टुक्रा पारिएकोमा साउनमा ३५ हजार कित्ता जमिनलाई ७७ हजार टुक्रा बनाइएको छ । यद्यपि, गत वर्षको साउनको तुलनामा चालु साउनमा भएको जग्गाको कित्ताकाट चारगुणाले बढीले बढी हो । गत वर्षको पहिलो साउनमा ८ हजार कित्ता जमिनलाई टुक्राएर १५ हजार पारिएको थियो।

भूउपयोग नियमावलीका कारण कित्ताकाट खुला नहुनु, वित्तीय प्रणालीमा तरलता भए पनि महंगो ब्याज, कारोबारमा सुस्तता लगायत समग्र अर्थतन्त्रमा देखिएको असर घरजग्गाा व्यवसायमा देखिएको छ । यद्यपि, सरकारले साउन अन्तिमसातादेखि भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुला गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत घर जग्गा र आवासीय क्षेत्रमा प्रवाह गरिने कर्जाको जोखिमभार घटाएको छ । जसको कारणलले गत वर्षको अघिल्ला महिनाको तुलनामा बढ्ेको देखिन्छ । यद्यपि, कर्जा लगानीमा राष्ट्र बैंकले केही नीगित कडाइ कायमै राखेको छ ।

अघिल्लो वर्षको जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा आएदेखि सुस्ताएको कित्ताकाका कारण घरजग्गा वयवसायमै मन्दी देखिएको थियो । गत चैतयता भने कारोबार र कित्ताकाट विस्तारै लयमा फर्किदै आएको छ ।

चालु साउनमा कित्ताकाट घटेसँगै कारोबार पनि पछिल्लो सात महिना यताकै न्यू भएको विभागले जनाएको छ । यो महिना ३९ हजार घरजग्गा किनबेच भएको छ भने कुल कारोबार १ लाख १९ हजारमा सीमित भएको छ ।

कारोबार घट्दा सरकारले प्रापत गर्ने राजस्वमा समेत गिरावट आएको छ । साउनमा घरजग्गाा कारोबार वापत २ अर्ब ९१ करोड राजस्व प्राप्त भएको छ । जबकि असारमा ४ अर्ब २७ करोड रुपैयाँ संकलन भएको थियो ।

यी हुन सर्वाधिक कित्ताकाट हुने ठाउँ

विभागका अनुसार साउनमा सर्वाधिक कित्ताकाट उपत्यका र तराईका जिल्लामा सर्वाधिक कित्ताकाट भएको छ । मालपोत कार्यालय सुनसरीको इनरुवाबाट यो महिना २ हजार ७३ जग्गाको कित्ताकाट भएर ४ हजार ८०४ टुक्रा पारिएको छ ।

मालपोत कार्यालय झापाको भद्रपुर मालपोतबाट १९०१ कित्ता जग्गालाई ३९५५ कित्ताकाट, बेलवारी मोरङबाट १४४६ कित्तालाई ३७२९, मालपोत कार्यालय धनगढीबाट १५५८ कित्तालाई ३०८८ टुक्रा पारिएको छ ।

यस्तै, बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १३५८ कित्ता जग्गाा कित्ताकाट गरेर २८८५ टुक्रा, जनकपुर ४७० कित्तालाई ११५६, हरिबन सर्लाहीबाट ५१७ कित्तालाई ११२८, काभे्रपलाञ्चोकबाट ८२६ कित्ता जग्गा कित्ताकाट गरी २०२५ टुक्रा बनाइएको छ ।

यसैगरी, काठमाडौं उपत्यकाका मालापोतका कार्यालयहरुबाट क्रमशः ललितपुरको लगनखेलबाट ८३९ कित्तालाई २०४७, भक्तपुरबाट ७१९ कित्तालाई १६०७, मालपोत कार्यालय कलंकीबाट ४७५ कित्तालाई ११००, साँखुबाट ३७३ कित्तालाई ९०४, मनमैजुबाट ३७१ कित्तालाई ७५१ टुक्रा पारिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.