add

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक






ActPro Nepal

|

४ भदौ, २०८०

|
317

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।

राष्ट्रपति पौडेलले भदौ ५ गते बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति भवन शीतल निवासमा बैठक बस्नेछ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई मंगलबार शीतल निवास बोलाएका छन्। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन्।

साढे ६० किलो सुन तस्करी प्रकरणलाई लिएर नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। सत्तारूढ दलले छानबिन समिति आवश्यक नभएको निचोड निकालेका छन्।

सत्तारूढ र प्रतिपक्षी दलको आआफ्नै अडानका कारण एक महीनादेखि संसद्को बैठक बस्न सकेको छैन। आइतबार पनि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन भएको थियो।

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आइतबार सर्वदलीय बैठक बोलाएका थिए। तर, सर्वदलीय बैठक निष्कर्षविहीन भएको थियो।

त्यस्तै, सभामुख देवराज घिमिरेले पनि आइतबार राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए। त्यसमा पनि सहमति जुट्न सकेको थिएन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.