add

भदौबाट लागू हुने गरी बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कति छ ब्याजदर ?






ActPro Nepal

|

३२ साउन, २०८०

|
379

काठमाडौं । बैंकहरुले यही भदौबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

बैंकर्स संघले साउनदेखि ब्याजदरको कार्टेलिङ खारेज गरेपछि बकैंहरुले आफैं ब्याजदर तोकेका हुन। 

नयाँ प्रकाशित ब्याजदर अनसार बैंकले अधिकतम १०.८९ प्रतिशतसम्म ब्याजदर दिने जनाएका छन्। । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।

कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १० दशमलव ८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमशः १० दशमलव ५० प्रतिशत, १० दशमलव ४९ प्रतिशत, १० दशमलव ४० प्रतिशत, र १०/१० प्रतिशत तोकेका छन् ।

बाँकी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९।९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ दशमलव ९२ प्रतिशत ब्याजदर तोेकेको छ । यसअघि साउन महिनाका लागि बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९ दशमलव ९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरुले अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् ।a


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.