add

फरवार्ड माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, ईपीएस ५३ रुपैयाँ घट्यो






ActPro Nepal

|

३२ साउन, २०८०

|
226

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६४.८७ प्रतिशतले घटेको छ ।

लघुवित्तले गत असार मसान्तसम्ममा २२ करोड १४ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० करोड ९० लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ६७ करोड ६४ लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा घट्नुका साथै इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.८६ प्रतिशत घटेर १ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ३५ करोड खुद ब्इाज आम्दानी गरेको थियो ।

त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा ६४.८९ प्रतिशतले घटेर ३७ करोड ४३ लाखमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ४१ करोड निक्षेप संकलन गरी कुल १९ अर्ब ३१ करोड ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर रिटेन्ड अर्निङमा ७६ करोड ७६ लाख र जगेडा कोषमा १ अर्ब ८ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ । यसबाट सेयरधनीलाई ७२.५९ प्रतिशतसम्म लाभांश बाँड्न पुग्छ ।

नाफामा भारी गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५३.६८ रुपैयाँ घटेर २०.५८ रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६३ गुणा र खराब कर्जा ४.२६ प्रतिशत छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.