add

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड, कसले कति पाए शेयर






ActPro Nepal

|

३२ साउन, २०८०

|
219

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ९ लाख ६० हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ३ लाख ९६ हजार बढीको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार २३ देखि २६ गतेसम्म प्रतिकित्ता २५७ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँँ थपेर) दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.