add

एमालेको कार्यक्रममा अब आसनग्रहण नहुने






ActPro Nepal

|

३२ साउन, २०८०

|
244

काठमाडौं । नेकपा (एमाले)ले आफ्ना कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको जानकारी गराएका छन्।

ओलीले अब अनुहार नै छोपिने गरी खादा माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

'फेसबुक, ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरैजना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नु भएन भन्ने सुझाव दिने गर्नुभएको थियो। हो पनि। तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ। यसैगरी अब अनुहारै छोपिने गरी खादा, माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्छ', ओलीले भनेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.