काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार भेट गरेका छन् ।
शीतल निवासमा भएको भेट जारी छ । सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेको एमालेका अध्यक्षले राष्ट्रपतिसँगको भेटमा यिनै विषयमा कुराकानी भएकाे थियाे ।
भेटमा राष्ट्रपति पौडेलले संसद गतिरोध लगायका विषयमा चासो राख्दै संसद खुलाउने तर्फ पहलकदमी गर्न आग्रह गरेको स्रोतले बतायो ।
भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको पोखरेलले बताए ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।