मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन ।
प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन ।
मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईंलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन । शपथग्रहण समारोहमा प्रदेशका मन्त्रीहरु, कर्मचारी, न्यायालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।