add

निर्धन उत्थान लघुवित्तको नाफा ९९.८६ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी ४ पैसा मात्र






ActPro Nepal

|

३० साउन, २०८०

|
206

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९९.८६ प्रतिशतले घटेको छ ।

गत असार मसान्तसम्म लघुवित्तले जम्मा १० लाख ३१ हजार रुपैयाँ कमाएको छ । जबकी अघिल्लो वर्ष निर्धनले ७५ करोड ८३ हजार खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन नाफा घट्नुका साथै इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढ्दा नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेर २ अर्बमा सीमित भएको छ । यस्तै, संचालन मुनाफा ७०.५६ प्रतिशतले घटेर ३१ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले २३ अर्ब ६ करोड निक्षेप संकलन तथा सापटी लिइ कुल २४ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ५ लाख, रिटेन्ड अर्निङमा ४ करोड ९३ लाख र जगेडा कोषमा १ अर्ब ८३ करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४ अर्ब ९१ करोड रुपैयाँ छ । जसबाट सेयरधनीलाई १.८७ प्रतिशत लाभांश दिन सक्छ।

खुद नाफामा उच्च गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्ष ३४.१७ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ४ पैसामा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२.११ रुपैयाँ, खराब कर्जा ९.८७ प्रतिशत र मूल्य आम्दानी अनुपात १९३८०.६८ गुणा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.