काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुनेछ।
यसअघि शुक्रबार भएका खेलमा जित निकाल्दै स्पेन र स्वीडेन सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनल खेल अगष्ट १५ र १६ मा हुनेछन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।