add

अपर तामाकोशीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

२५ साउन, २०८०

|
247

काठमाडौं । अपर तामाकोशीको १०० प्रतिशत हकप्रद सेयर सुरक्षीत गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (साउन २६ गते) बुकक्लोज मिति तोकेको हो। सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ समेत गराइसकेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ।

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई बिक्री सह-प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.