add

सामसङको ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को बुकिङ खुला






ActPro Nepal

|

२३ साउन, २०८०

|
464

काठमाडौं । सामसङका पाँचौं जेनेरेशनका दुई मोबाइल फोनको बुकिङ खुला भएको छ । सामसङको ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बुकिङ खुला भएको हो ।

यी दुई फोनको अहिले नेपाली बजारमा बिक्री सुरू नभए पनि ग्राहकहरूले साउन २२ गतेदेखि बुकिङ गर्न सक्नेछन् । गहकले यी फोनको बुकिङ गर्दा प्रि–गिफ्टहरू पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले यी फोनको बुकिङ सामसङको आधिकारिक स्टोरहरूमा गई गर्न सक्नेछन् । यी फोनमा प्रयोगकर्ताहरूले स्लीक र कम्प्याक्ट डिजाइनहरू, अनगिन्ति अप्सन्स्हरू र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन् ।

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन हो । ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेण्डर र कालो रङमा उपलब्ध छन् ।

यसको बजार मूल्य ८+२५६ जीबीको मोडलको लागि रु. १ लाख ३९ हजार ९९९ तोकिएको छ । ग्राहकहरूले प्रि–अर्डरका २ वटा गिफ्टहरू २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटीई (३+३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन् । जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार रुपैयाँ र सामसङ ए७ लाइट एलटीईको लागि २ हजार रुपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ ।

ग्यालेक्सी जेड फोल्ड ५  विशाल स्क्रीनयुक्त एकमात्र उत्पादकत्व भएको पावरहाउस फोन हो । विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ । साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध छन । ग्यालेक्सी जेड फोल्ड ५,१२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को मूल्य रु २ लाख २६ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२+५१२ जीबी) को मूल्य रु. २ लाख ३९ हजार ९९९ कायम गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.