add

एएफसी कप प्लेअफमा मछिन्द्रले आज भुटानी क्लब पारोसँग खेल्दै






ActPro Nepal

|

२३ साउन, २०८०

|
256

काठमाडौँ ।  एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा मच्छिन्द्र फुटबल क्लबले आज भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबको सामना गर्दैछ। खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ।​

लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसक्दा उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो। पछिल्लो संस्करणमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग घरेलु मैदानमै पराजित भएको थियो।

क्लबले यसपटक लिग खेलेको टोलीमा राष्ट्रिय टोलीका युवा स्टारसहित ८ खेलाडी थपेको छ। मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा समेटेको छ। यसबाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मच्छिन्द्रमा आएका छन्।

रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा पनि मच्छिन्द्रमा छन्। रेजिनले गत संस्करणको लिग उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए। मेसुकेको कागजी प्रक्रिया पूरा हुन बाँकी रहेको बताइएको छ।

खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ रहेको छ। खेलको टिकट इसेवामार्फत खरिद गर्न सकिने बताइएको छ।

यो खेल जित्ने टिमले अगस्ट १६ मा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ। उक्त खेल जिते अगस्ट २२ मा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग खेल्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.