add

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै






ActPro Nepal

|

२२ साउन, २०८०

|
311

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज पनि प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र नाइजेरियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

इग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने नाइजेरिया समूह ‘बी’ को उपविजेता बनेको थियो ।

यस्तै, आजै हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क भिड्ने छन् । यो खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया समूह ‘बी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुगेको हो भने डेनमार्क समूह ‘डी’को उप विजेता हो ।

३२ राष्ट्र सहभागि विश्वकप अस्ट २० सम्म चल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.