add

ग्लोबल आइएमई बैंकको खुद नाफा ७ अर्ब २५ करोड, यस्ता छन् मुख्य सूचक






ActPro Nepal

|

२१ साउन, २०८०

|
456

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा आकर्षक बढोत्तरी आएको छ । गत वर्ष बैंक अफ काठमाडौंलाई गाभेको ग्लोबलले मर्जरबाट प्राप्ति सिनर्जीले उल्लेख्य मात्रमा नाफा बढाउन सफल भएको हो ।

बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ४६.२६ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३० करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९५ करोड ९२ रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा ४४.२६ प्रतिशतले बढेर १० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३५ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ २ अर्ब ९५ करोड र जगेडा कोषमा १९ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ८.२७ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानीमा भने झिनो गिरावट आएको छ । अघिल्लो वर्ष २०.८४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ७ पैसा घटेर २०.७७ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ, खराब कर्जा ३.०८ प्रतिशत, मूल्य आम्दानी अनुपात ८.९६ प्रतिशत, बेसरेट १०.२ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.