add

नबिल बैंकको नाफा ७७ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?






ActPro Nepal

|

२१ साउन, २०८०

|
354

काठमाडौं । नबिल बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ७६.८६ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ अर्ब २७ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब २५ करोड ६० रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी दोब्बरले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा ७५.३७ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल २७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ९६ करोड र जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १८.६४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँ बढेर २७.८२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ, खराब कर्जा १.२३ प्रतिशत, मूल्य आम्दानी अनुपात २१.५४ प्रतिशत, बेसरेट ९.५२ प्रतिशत र सीडी रेसियो ८७.६८ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.