add

कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घट्यो






ActPro Nepal

|

२१ साउन, २०८०

|
205

काठमाडौ ।  कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौँथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको संचालन नाफा १५.२४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड २१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ६ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको थियो। 

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७ पैसाले घटेर ७ रुपैयाँ ४६ पैसा र नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ। समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत, वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक, चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.