add

महिला विश्वकप फुटबल : जापान अन्तिम ८ मा प्रवेश






ActPro Nepal

|

२१ साउन, २०८०

|
389

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा जापान अन्तिम ८ मा प्रवेश गरेको छ। शनिबार भएको खेलमा जापानले नर्वेलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलमा अग्रता लिएको थियो ।

गुरो रेटेनले नर्वेका लागि गोल गरेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा जापानका लागि सिमिजु र मियाजावाले गोल गर्दै ३–१ को जित निकालेको हो ।

महिला विश्वकप फुटबलमा आइतबार नेदरल्याण्ड्स र दक्षिण अफ्रिका बिहान पौने ८ बजे खेल्नेछन् । यस्तै दोस्रो खेलमा स्वीडेन र संयुक्त राज्य अमेरिकाको प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो पौने ३ बजे हुँदैछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.