add

सानिमा बैंकका ग्राहकले फूडमाण्डुमा १५ प्रतिशतसम्म क्यासब्याक पाउने






ActPro Nepal

|

१९ साउन, २०८०

|
302

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फूडमाण्डुसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले योजना अवधिभर प्रत्येक शनिबार फूडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म, भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याक पाउने छन् ।

ग्राहकहरूले उक्त भुक्तानी भएको एकहप्ता भित्र क्यासब्याक पाउने छन् । यो योजना साउने २० गतेदेखि आगामी माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरू तथा १२३ वटा एटीएमहरू संचालनमा रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.