वीरगन्ज । अर्थमन्त्री डा.प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा.महतले यस्तो बताएका हुन् । उनले भने, ‘भन्सारमा हुने दुरूपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो,सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं ।
मन्त्री डा.महले राजश्व उठाउन कर्मचारी चनाखाे हुनुपर्ने बताए । उनले भने,‘त्यो अवस्थामा तपाईंहरूलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिएऔं भने राजस्व कम उठ्छ ।’
राजश्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगती भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा.महतले प्रष्ट पारे ।
‘राजश्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ । सुख्खा बन्दगाहमा के भइरहेको छ ? वीरगन्ज भन्सार कार्यालयमा के भइरहेको छ ? सबैले हेरिरहेका हुन्छन् । त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने ? वीरगन्जमा हुनुपर्यो नि ! सुख्खा बन्दगाहमा हुनुपर्यो ? भनेर तपाईंहरूलाई भन्ने छन्’ मन्त्री डा.महतले भने,‘त्यसकारण तपाईंहरू सजक रहनुहोस् ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।