add

कामना सेवा विकास बैंकको नाफामा उच्च गिरावट, लाभांश क्षमता २% भन्दा कम






ActPro Nepal

|

१८ साउन, २०८०

|
305

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ २६.९३ प्रतिशतले घटेको छ ।

बैंकले गत असार मसान्तसम्म ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ करोड बढी हो । अघिल्लो वर्ष बैंकले ५९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफामा गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३ अर्ब २८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ५ करोड ८० लाख र जगेडा कोषमा १ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५ करोड ८० रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १.७७ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष १८.७८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ घटेर १३.१४ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ, खराब कर्जा २.९८ प्रतिशत, मूल्य आम्दानी अनुपात २४.८८ प्रतिशत, बेसरेट ११.९३ प्रतिशत र सीडी रेसियो ८२.४५ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.